जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

उदयपुर, मोरङ, सर्लाही, कपिलवस्तु, दाङ, पर्सा र सिन्धुलीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उदयपुर, त्रियुगा नगरपालिका-९ गैरूनस्थित सडकमा स.८ प ६६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ देउरी बस्ने वर्ष ३५ वर्षीय इन्द्र देव चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै मोरङ, बेलबारी नगरपालिका-८ एमआई क्रसरस्थित सडकमा को.२ त ७५४८ नम्बरको ट्याक्टर आइतबार दिउँसो दुर्घटना हुँदा चालक सुन्दरहरैँचा नगरपालिका-७ गछिया बस्ने २५ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सर्लाही, धनकौल गाउँपालिका-१ छठीघाटस्थित सडकमा प्र.२-०२-००४ प ६८१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया बसमतिया देवीको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ह्याप्पी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कपिलवस्तु, वाणगंगा नगरपालिका-१ बैरिया बुद्धचोकस्थित सडकमा लु.१ ज ३०६६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६१ वर्षीय पशुपति थापाको आइतबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता दाङ, गढवा गाउँपालिका-३ धैरेनीस्थित सडकमा रा.६ प १७६२ नम्बरको मोटरसाइकल र लु.६६ प ३८१५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा रा.६ प १७६२ नम्बरको मोटरसाइकलमा सवार लमही नगरपालिका-३ मझगाउँ बस्ने ५० वर्षीय राज बहादुर चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१३ स्थित सरिसवा पुलमा हाल नम्बर नखुलेको सवारी साधनले प्र.२-०३-००४ प ५६१४ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी सिन्धुली, दुधौली नगरपालिका-१४ परासे बस्ने चक्र सुनुवारको छोरा ४ वर्षीय सरोज सुनुवारको आफ्नो घर नजिकै पार्किङग गरी राखेको स.१ त ७९९८ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर आइतबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको विराट टिचिङ्ग हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.