जापान

जापानमा नेपाल प्रबद्र्धनको सशक्त माध्यम ‘नेपाल फेस्टिवल’

नेपालको अभिन्न मित्रदेश जापानमा नेपालीको उपस्थिति राम्रो छ । त्यहाँ विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमाा सक्रिय नेपालीहरुको संख्या बढ्दो क्रममा रहँदा नेपालको प्रबद्र्धन पनि हुँदै गएको छ ।

विगत डेढ दशकदेखि जापानमा नेपालको मौलिकता झल्काउँदै नेपाल प्रबद्र्धनको सशक्त माध्यम बन्दै आएको नेपाल फेस्टिवलको १४ औं श्रृङ्खला यही डिसेम्बर १ मा समापन भएको छ ।

“नेपाल र नेपालीको जापानमा पहिचान ! १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्धन !!” भन्ने मूल मान्यता बोकेर आयोजना भएको फेस्टिवल भव्यताका साथ सम्पन्न भएपछि आयोजकले सबैप्रति आभार व्यक्त गरेका छन् ।

जापानका लागि नेपाली दुतावास टोकियो जापान, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ ले नेपाल र नेपालीको पहिचान गराई पर्यटन प्रवर्धन गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याउन एक कडीको रुपमा स्थापित भएको छ ।

नेपाल फेस्टिवल मूल आयोजक समितिका प्रवक्ता खगराज गौतमले आज एक विज्ञप्ति जारी गरी जापान रहेका हामी प्रवासी नेपालीहरुलाई थप एकताबद्ध बनाउने सूत्रधारको रुपमा समेत यस फेस्टिवलले कार्य गर्न सकेको महसुश भएको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ-

“नेपाल र नेपालीको जापानमा पहिचान।, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्धन ॥” भन्ने मूल मान्यताका साथ जापानका लागि नेपाली दुतावास टोकियो जापान, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ ले मूलतः नेपाल र नेपालीको पहिचान गराई पर्यटन प्रवर्धन गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याउन एक कडीको रुपमा विकास भएको विश्वासका साथमा जापान रहेका हामी प्रवासी नेपालीहरुलाई थप एकताबद्ध बनाउने सूत्रधारको रुपमा समेत यस फेस्टिवलले कार्य गर्न सकेको महसुश भएको छ ।

प्रवासमा नेपाल र नेपालको विशेषतालाई दीगो रुपमा परिचित, पहिचान, हस्तान्तरण, पुस्तान्तरण गर्नका निम्ति एक माध्यमको संस्थागत रूपमा नै स्थापना गर्ने एनआरएनए जापानको महत्वकांक्षी योजना “नेपाल हाउस ” बनाउनका लागि समेत सहयोग पुर्याउनका लागि जुन योजना अघि बढाइएको छ त्यसका लागि देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्नो जिम्मेवारी सम्झी योगदान पुर्याइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै यसको सम्पन्नताका लागि आगामी दिनमा यसरी नै साथ सहयोगको अपेक्षा गर्दछौं।

१४ औं नेपाल फेस्टिवलको उद्घाटन सत्रलाई विशेष महत्वका साथ प्रमुख आतिथ्यता ग्रहण गरिदिनु हुने जापान सरकार पराराष्ट्र मन्त्रालयका, शिष्टाचार महापाल) (chief of protocol), मियासिता तादायुकी ज्यू लगायत आतिथ्यता ग्रहण गरिदिनु हुने सम्पूर्ण आमन्त्रित अतिथि गणहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।

१४ औं नेपाल फेस्टिवल सम्पन्न गर्नका लागि जुन होस्टेमा हैंसे गर्नु भयो त्यसका निम्ति विभिन्न एकल जातीय संघ संस्था, सामाजिक संघ संस्था व्यक्ति व्यक्तित्व, जापानमा रहदा निरन्तर अभिभावकत्व प्रदान गरिरहनु हुने जापानका लागि नेपाली राजदूत र राजदूतावास परिवार, फेस्टिवल संचालनका लागि झकझकाइरहने IHNO रिजिच्यो योसिहारु कोमियामा, अभिभावकत्व प्रदान गर्नु हुने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्‌का सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु, १४ औ नेपाल फेस्टिवल २०२४ का प्रमुख संरक्षक ज्यू, १२ वटै क्षेत्रीय समन्वय परिषद्‌का पदाधिकारी तथा सदस्य ज्यूहरु, प्रमुख प्रायोजकको लागि योगदान पुर्याउनु हुने दिपवे फाउन्डेशनका अध्यक्ष श्री दिपक सुवेदी ज्यु, १४औं नेपाल फेस्टिवल २०२४ को लागि आर्थिक रुपमा सहयोग गरि महत्वपूर्ण योगदान प्रदान गर्नु हुने सम्पूर्ण सहयोगी मनहरु, यस फेस्टिवललाई हरेक कोण र क्षेत्रबाट सहयोग प्रदान गर्नु हुने सम्पूर्ण महानुभाव ज्यूहरु, एनआरएनए जापानको सिंगो परिवार, सह आयोजकको रूपमा सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्था, नेपाल आदिवासी जनजाति महासंघको क्षेत्रीय समितिसहित सिंगो परिवार, प्रचार प्रसारमा सहयोग पुर्याइदिनु हुने पत्रकार मित्रहरू, हरेक चरणमा विभिन्न माध्यमबाट सल्लाह सुझाव प्रदान गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्णमा हृदयदेखि नमन गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

फेस्टिवल आयोजनाका क्रममा पाएको माया र सदभावलाई मनभरि लिएका छौ भने सुधार गर्नका लागि प्राप्त सुझावलाई शिरोधार्य गर्दै आउने दिनमा आत्मसात गर्दै लैजाने विश्वास व्यक्त गर्दछौं।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.