कर्पोरेट/पर्यटन

कतार एयरवेजले भैरहवाबाट उडान अनुमति नवीकरण गरेन

विश्वको अग्रणी वायुसेवामा स्थापित कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अनुमति नवीकरण नगरेर उडान रोकेको छ ।

कतार एयरवेज

समाचार अनुसार गत कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको कतार एयरवेजले यही मंसिर १५ देखि उडान रोकेको छ ।

कतार एयरले यही मंसिर १५ सम्म रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनुमति लिएको र त्यसपछि नवीकरण गरेको छैन । काठमाडौंबाट भने दुई उडान गरिरहेको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतार एयरवेजले मंसिर १५ सम्म रहेको उडान अनुमति नवीकरण गराएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.