क्रिकेटखेल

एनपिएलमा चितवन राइनोजको लगातार दोस्रो जित, पोखरा एभेञ्जर्स ८७ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेञ्जर्सलाई ८७ रनले पराजित गर्दै चितवन राइनोजले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एनपिएल

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो । चितवनको लागि रवि बोपराले ३८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारि खेले भने कप्तान कुशल मल्ल २३ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ३८ रन बनाए ।

त्यस्तै लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन जोड्दा शरद भेषावकर ११ रनमा अविजित रहे । पोखराका लागि पोखराका विपिन खत्री, रेमोन रेइफर र बास डि लिडले समान २-२ विकेट लिँदा सागर ढकालको भागमा एक विकेट रह्यो ।

चितवनले दिएको १६२ रनको लक्ष्य लिएर मैदान उत्रेको पोखरा १३ दशमलव २ ओभरमा ७४ रनमा अलआउट भयो । पोखराको लागि नारायण जोशीले ३० र मार्कस क्रिचले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। चितवनको लागि सोहिल तनवीर, रिजन ढकाल र लुक बेन्केनस्टाइनले समान ३-३ विकेट लिए भने दीपाल बोहराको भागमा एक विकेट रह्यो ।

खेलको म्यान अफ दि म्याच रिजन ढकाल भए । यसअघि सोमबार भएको खेलमा चितवनले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । मंगलबारै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रन पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.