क्रिकेटखेल

यु-१९ एसिया कपमा नेपालको रोमाञ्चक जित, अफगानिस्तान एक विकेटले पराजित

युएईमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ । जितसंगै नेपालले प्रतियोगिताको अन्त्य सुखद गरेको छ ।

एसिया कप

जारी प्रतियोगितामा नेपाल यस अघि नै बहिरिसकिएको थियो । दुबईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको हो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे । एम गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २-२ विकेट लिए । अफगानिस्तानले दिएको १२४ लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४१ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको लागि नरेन साउदले २६ रन बनए भने कप्तान हेमन्त धामी २२ रनमा अविजित रहँदा अर्जुन कुमालले २१ रन जोडे । अफगानिस्तानको लागि एम गजान्फरले र खातिर स्टानिकजाईले समान ३-३ विकेट लिए भने अब्दुल अजिज र महबुब खानको भागमा समान १-१ विकेट रह्यी

नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग एक सय ३१ रनले पराजित भएको थियो ।

एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए ।

समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.