सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले अहिलेसम्मकै विशाल स्कोर बनाएको छ । लुम्बिनीले एक सय ९१ रनको विशाल लक्ष्य बनाएसंगै विराटनगर किङ्ग्सलाई पहिलो जित दर्ता गर्न एक सय ९२ रन बनाउनु पर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा विकेट गुमाएर एक सय ९१ रन बनायो । लुम्बिनीको लागि कप्तान रोहितकुमार पौडेलले २९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाए भने टोम मुर्सले १७ बलमा एक चौका र तीन छक्काको सहयोगमा ३० रन बनाए ।
यस्तै विवेक यादवले ७ बलमा तीन छक्काको मद्दतमा १९ रनमा अविजित रहँदा अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफर समान १५-१५ रन जोड्दा सन्दीप जोरले १२ रन बनाए ।
विराटनगरको लागि सन्दीप लामिछाने, इस्मत अलाम र राजेश पुलामी मगरले समान १-१ विकेट ।
प्रतिक्रिया राख्नुहोस्