क्रिकेटखेल

एनपिएलको उच्च स्कोरमा लुम्बिनीविरुद्ध विराटनगरको रोमञ्चक जित

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज बुधबार सम्पन्न दोस्रो खेलमाा जारी प्रतियोगिताकै उच्च स्कोरमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्ग्सले रोमञ्चक जित निकालेको छ ।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनायो । १ सय ९२ रनको लक्ष्य लछ्याएको विराटनगरले रोमाञ्चक रुपमा लुम्बिनीलाई दुई विकेटले हराउँदै पहिलो जित दर्ता गर्यो ।

विराटनगरका लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा स्कटल्याण्डका क्रिस सोलले चार बलमा दुई चौका एक छक्काको मद्दतमा १४ रन बनाएपछि विराटनगरले रोमञ्चक जित निकालेको हो।

जारी प्रतियोगितामा विराटनगरको यो तेस्रो खेलमा पहिलो जित हो भने लुम्बिनीको पहिलो खेलमा हार । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

लुम्बिनीको लागि कप्तान रोहितकुमार पौडेलले २९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाए भने टोम मुर्सले १७ बलमा एक चौका र तीन छक्काको सहयोगमा ३० रन बनाए ।

यस्तै विवेक यादवले ७ बलमा तीन छक्काको मद्दतमा १९ रनमा अविजित रहँदा अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफर समान १५-१५ रन जोड्दा सन्दीप जोरले १२ रन बनाए । विराटनगरको लागि सन्दीप लामिछाने, इस्मत अलाम र राजेश पुलामी मगरले समान १-१ विकेट ।

लुम्बिनीले दिएको एक सय ९२ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको विराटनगरले १९ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका लागि लोकेश बमले ७१ रनको सानदार इनिङ खेले । उनले ४६ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै बसिर अहमदले २३ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४० रन बनाए । यी दुईबीच पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । यस्तै विराटनगरका लागि मार्टिन गुप्टिलले १७ बलमा छ चौका प्रहार गर्दै २८ रन बनाए ।

अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा बलिङ गर्न आएका विवेक यादवले सुरुवाती दुई बल वाइड गरेपछि पहिलो बलमा सन्दीपलाई आउट गरे ।

त्यसपछि दोस्रो बलमा क्रिस सोलले छक्का हान्दै टिमलाई तीन बलमा ७ रनको अवस्थामा ल्याए । त्यसपछि सोलले अर्को बलमा चौका प्रहार गर्दै टोलीलाई दुई बलमा तीन रनको आवश्यकतामा पुर्याए र अर्को बलमा चौका प्रहार गर्दै टिमलाई अन्तिम बल अगाडि नै प्रतियोगितामा पहिलो जित दिलाए ।

लुम्बिनीका लागि दुर्गेस गुप्ताले तीन विकेट लिए भने साद विन जफर र रामोन सिमोण्ड्सको भागमा समान २-२ विकेट रहँदा विवेक यदाव्ल्व एक विकेट लिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.