जन सरोकार

करेन्ट लागेर दुई जनाको मृत्यु

बारा र कपिलवस्तुमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बारा, फेटा गाउँपालिका-१ अकवनिया बस्ने ४० वर्षीया लिलावती देवीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर बोहराको मृत्यु

सोही ठाउँस्थित खेतमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कपिलवस्तु, शुद्धोधन गाउँपालिका-२ हर्नामपुर बस्ने राममिलन लोधकी छोरी १५ वर्षीया मनिषा लोधको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

आफ्नै घरको पानी तान्ने विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलसेक हस्पिटल लुम्बिनीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.