जन सरोकार

सुन तस्करलाई सघाउने विमानस्थलका प्रहरी पक्राउ

गत शुक्रबार दुबईबाट आएका ताप्लेजुङका दुर्गाधन लिम्बूले ल्याएको ५० ग्राम सुन भन्सार छल्न सघाएको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका रूकुमका राजेन्द्र केसीले ५० ग्राम सुन भन्सार छल्न सघाएका थिए । सो सुनको ४८ हजार ६५ रुपैयाँ भन्सार तिर्नुपर्छ ।

तर सो छली गरी ल्याएको आरोप लागेपछि प्रहरीले छानबिन गरी उनीहरू दुबैलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो ।

अहिले उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। यद्यपि उनीहरूले ल्याएको सुन परीक्षण गर्न ल्याबमा राखिएको प्रहरीले जनाएको छ ।

भन्सार ऐन अनुसार विदेशबाट ५० ग्राम सम्मका गहना ल्याउन छुट दिइएको छ। २५० ग्राम सम्मका गहना ल्याउन पाइन्छ भने २०० ग्रामको भने भन्सार तिर्नुपर्छ।

त्यस्तै, काँचो सुन भने १०० ग्राम सम्म मात्रै ल्याउन पाइन्छ। तर काँचो सुनको हकमा जति १ ग्राम देखि १०० ग्रामसम्म जति ल्याए पनि भन्सार तिर्नुपर्ने कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.