आम निर्वाचन २०७९
दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी
दोलखा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गंगा कार्की विजयी हुनुभएको छ ।

उहाँले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो ।
मत परिणामअनुसार कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो । अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्