जन सरोकार

पासोमा फसेको चितुवाको उद्धार

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–८ प्रगति महिला सामुदायिक वनमा शिकारीले बदेल मार्नका लागि थापेको पासोमा परेको चितुवाको १८ घण्टापछि सोमबार उद्धार गरिएको छ । आइतबार साँझ चोर शिकारीले थापेको पासोमा चितुवा परेको हो ।

पासोमा फसेको चितुवाको उद्धार

चितुवालाई बेहोस (डार्ट) गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले उद्धार गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । उद्धार गरिएको चितुवालाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको छ । पासोमा फसेको भाले वयस्क अवस्थाको चितुवा रहेको छ ।

गतवर्ष शिकारीले बदेल मार्न थापेको पासोमा परेर यसै क्षेत्रमा दुई वटा चितुवा मृत अवस्थामा फेला परेका थिए । चुरे क्षेत्र नजिकका सामुदायिक वन चितुवाको वासस्थानका रुपमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.