कोशीप्रदेश

कोशी प्रदेशसभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत

कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ ।

बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली, २०७४९पहिलो संशोधन० को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ ।

उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेस्वरी पौडेल समर्थक हुनुहुन्थ्यो ।

शून्य समय

प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिना पछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पु¥याउन माग गर्नुभयो ।

प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सभामुखविहीन प्रदेशसभामा सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराउनुभयो भने अर्का सदस्य तिलचन पाठकले निषेधको राजनीतिक नगर्न आह्वान गर्नुभयो ।

प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामा प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रबारे जानकारी दिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.