राजनीति

विषयविज्ञ र प्राविधिकहरूको सदुपयोग गरे बौद्धिक पलायन रोकिन्छ

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुक बौद्धिक पलायनको गम्भीर समस्यामा रहेकाले यसलाई रोक्न विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो धारणा राख्नुभएको हो ।

सम्बोधनका क्रममा डा. भट्टर्राले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न विषयविज्ञ र प्राविधिकहरूको सही अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।

आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेसाको रूपमा मात्र नभई अभियानको रूपमा अँगाल्नुपर्ने उहाँले सुझाव दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री डा. आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्ने भएकाले यसलाई समयानुकूल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, “यो पेसा सामान्य जीवनयापनको पेसा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान् अभियान र कर्म पनि हो । तर दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा देशले बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको छ ।”

उहाँले पर्यावरणीय हिसाबले पनि पहाड, हिमाल र तराई भएको विविधतायुक्त देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय चुनौतीहरूको सामना गर्न देशमा रहेका आर्किटेक्टलाई परिचालन गर्दै जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.