कर्पोरेट/पर्यटन

वैदेशिक रोजगारीमा जानेहरुको सबै प्रक्रिया भैरहवाबाट गर्ने तयारी (भिडियोसहित)

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले ४ वटा अन्तर्राष्ट्रिय वायुयानहरुले सेवा प्रदान गर्दै आइरहेका छन् । केही दिन अघि कतार एयरलाइन्सले पाएको उडान अवधि सकिएको हुँदा भैरहवामा नेपाल एयरलाइन्ससंगै ४ वटा विमान कम्पनीहरुले नियमित उडान गर्दै आइरहेका छन् ।

विमानस्थल सञ्चालनसंगै रौनक थपिए पनि स्थानियहरुलाई यसको नियमित सञ्चालनमा भने आशंका कायम नै रहेको छ । भैरहवामा मेनपावर एजेन्सी, मेडिकल सुविधा, भिसा सेन्टर लगायतको कार्यालय नभएकोले स्थानियहरुको आशंकामा बल पुगेको थियो ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक मन्त्री बद्रिप्रसाद पाण्डे तथा श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीसंगै सरोकारवाला निकायले भैरहवा विमानस्थलको नियमित सञ्चालनामा आशंका नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्रीहरुसंगै नेपाल वैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारी, स्वास्थ्य व्यवसायी महासंघका उपाध्यक्ष धन बहादुर गिरी, दुवै मन्त्रालयका सचिव लगायतको टोली भैरहवा पुगेर विमानस्थलको सञ्चालन नियमित गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा स्वास्थ्य व्यवसायी महासंघका उपाध्यक्ष धन बहादुर गिरी तथा नेपाल वैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारले भैरहवामा नियमित रुपमा जहाज उडाउन सके आफुहरुले सेवा विस्तार गर्न ढिलाई नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाँहरुले सेवा विस्तारका लागि आफुहरु तयार रहेको उल्लेख गर्दै सरकारले आवश्यक सहयोग गर्नु पर्ने बताउदै नीतिगत रुपमा सुधार गर्नु पर्ने काम तत्काल सुधार गर्न सरकारसंग आग्रह गर्नुभयो ।

विमानस्थलमा बुधबार साँझ आयोजित कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेले विमानस्थल दिगो सञ्चालनका लागि आवश्यक पुर्वाधार तथा संरचना निर्माण गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ ।

सञ्चालनमा आएको साढे दुई बर्ष पछि नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई दिगो रुपमा सञ्चालन गर्ने विषयमा अन्तर मन्त्रालय समन्वय हुनुका लागि आवश्यक पहल भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री पाण्डेले श्रम रोजगारका लागि जाने श्रमिकहरुलाई काठमाण्डौ नगई भैरहवाबाट सबै काम पुरा गरेर गन्तव्यमा पुर्याउनका लागि आवश्यक पर्ने सबै काम यहीबाट हुने गरी सुरु गर्ने बताउनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउदै यसलाई निरन्तर रुपमा चलाउनका लागि सरकार लागिरहेको बताउनुभयो ।

त्यस्तै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको विकल्पको रुपमा मात्रै नभएको भन्दै र यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने बताउनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक प्रतावबावु तिवारीले अहिलेसम्मको उडान तथा अवतरणको अवस्थाका बारेमा जानकारी दिनुभएको छ ।

उहाँले ट्रान्जिट भएर आउने विमानले भन्दा सिधा उडान भरेका एयरलाइन्सले राम्रोसंग विजनेश पाएको बताउनु भयो । उहाँले एक महिनाको अवधिमा कतार एयरवेज, जजिरा, फ्लाई दुवई, थाई एयर एसिया, नेपाल एयरलाइन्स र चार्टर फ्लाईट गरी ७८ वटा फ्लाईट भएको जानकारी दिनुभयो ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.