जन सरोकारस्वास्थ्य

डा. भोजराज अधिकारीको ‘जनतासँग अस्पताल’ अभियान

डा. भोजराज अधिकारीले विशेषज्ञ स्वास्थ्य सेवाका पहुँचमा नभएका जनतालाई स्वास्थ्यसँग जोड्ने अभियान सञ्चालन गर्नुभएको छ । उहाँले पछिल्लो समय गाउँगाउँमा पुगेर स्वास्थ्य शिविरमार्फत् विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ ।

उहाँले भन्नुभयो, “अस्पताल आउन नसक्ने, आर्थिक अभावले उपचार गर्न नसक्ने, रोग लागेपछि समयमा उपचार गर्नुपर्छ भन्ने ज्ञान नभएका जनतालाई घरगाउँमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छु ।” उहाँले जटिल समस्या भएकालाई अस्पतालसम्म ल्याएर उपचार पनि गर्नुभएको छ ।

गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बन्नुभएका डा अधिकारीले ‘जनतासँग अस्पताल’ को नारा लिएर चुनावमा होमिनुभएको थियो । उहाँले भन्नुभयो, “म पराजित भए पनि जनतासँग गरेको वाचा पूरा गर्नुपर्छ भनेर लागिरहेको छु ।”

भरतपुर महानगरपालिकाले आजबाट सुरु गरेको ‘समुदायसँग प्रमुख स्वास्थ्य कार्यक्रम’ को विज्ञको भूमिका डा अधिकारी नै रहनुभएको छ ।

उहाँका अनुसार महानगरभित्रका ६८ वर्षमाथिका २५ हजार वृद्धवृद्धा हुनुहुन्छ । उहाँहरुलाई घरमै पुगेर मधुमेह, उच्च रक्तचाप, तौल, मोटोपन जस्ता परीक्षण गरेर आवश्यक औषधि र सुझाव दिने कार्यक्रम छ ।

उहाँले भन्नुभयो “जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा शिविरमा सक्रिय छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.