राजनीति

महाअभियोग निष्प्रभावी भएको पत्र अदालतमा, प्रधानन्यायाधीश जबरा सर्वोच्च जाँदै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको जानकारीसहितको पत्र सर्वोच्च अदालतमा पुगेको छ ।

सङ्घीय संसद् सचिवालयले आज पठाएको उक्त पत्र सर्वोच्च अदालतमा पुगेको र उक्त पत्र कार्यान्वयन गरिने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी भएको र नियमित कार्यसम्पादन गर्न दिनु भन्ने व्यहोराको पत्र सर्वोच्च अदालतमा आइपुगेको छ ।

यसअघि मङ्गलबार प्रधानन्यायाधीश जबराले महाअभियोग निष्प्रभावी भएको जानकारीका लागि सचिवालयमा निवेदन दिनुभएको थियो ।

उक्त पत्रमा भनिएको छ, “संविधानको धारा १०१ (२) बमोजिम तत्कालीन प्रतिनिधिसभामा पेस भएको महाअभियोग संसद्को कार्यकाल समाप्त भइसकेको हुनाले संविधानको प्रतिबन्धात्मक वाक्याङ्श बमोजिम निष्प्रभावी भएको हूँदा प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नको लागि सम्बन्धित निकायलाई जानकारी गराइदिनु हुन सादर अनुरोध गर्दछु ।”

यसबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने बताउनुभएको छ ।

महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उहाँले आजै नियमित कार्यका लागि सर्वोच्च अदालत जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो विधि र प्रक्रियाअनुसार भएको विषय हो, म आजै अदालत जान्छु ।” प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो ।

सङ्घीय संसद् सचिवालयले महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र आजै सर्वोच्च अदालतमा पठाएको छ । सर्वोच्च अदालतले पनि उक्त पत्र कार्यान्वयन गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.