१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार राति बरामद गरिएको करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले आज छ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङगाना समेत रहनुभएको छ ।
फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट गएराति ११ः४० बजे काठमाडौँ उत्रेका गोरखाका चन्द्र घलेलाई विशेष सुराकीका आधारमा करिब १४ किलो परिमाणको सुनसहित भन्सार विभागको टोलीले पक्राउ गरेको थियो ।
चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखा बारपाकका मीनबहादुर घलेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्