राजनीति

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड

धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा शुक्रबार आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीन र मित्रराष्ट्र अमेरिकाको भ्रमण गरेको बताउँदै प्रधानमन्त्रीले पार्टीको अभियान सकाएर विधान सम्मेलन गर्ने र त्यसपछि अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

पार्टी अध्यक्षले सात प्रदेशका सात वडामा पुग्नुपर्ने पार्टीको निर्णय बमोजिम आफू आज यहाँ आएको बताउँदै प्रधानमन्त्रीले जनताको आसा अपेक्षाअनुसार पार्टीले काम नगरेको जनगुनासो आएपछि यो अभियान चलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अभियानले एकपटक फेरी पार्टीसँग जनतालाई जोड्न, जनतामा नयाँ, आशा जगाउन र जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्न सफल भएको छ ।” वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.