कुनै पनि वहानामा विकासका काम अबरुद्ध नगर्न भट्टराईको आग्रह
कास्की निर्बाचन क्षेत्र न २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले विकास आयोजनाका काम कुनै पनि वहानामा अबरुद्ध नगर्न निर्देशन दिनुभएको छ ।
![Bhattarai Meeting](https://www.nepaljapan.com/wp-content/uploads/2022/12/Bhattarai-Meeting-e1670639843522.jpg)
शुक्रबार कास्कीका सम्बनिधत कार्यालय प्रमुखहरूलाई भेला गरी भट्टराईले विकासका लागि चालिएका कदम र भएका कठिनाइको समयमा पहिचान गरी समाधान खोज्न आफू सधै लागि परेको भन्दै तत्काल रोकिएका आयोजनाका अगाडि बढाउन आग्रह पनि गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीको विशेष बैठकलाई सम्बोधन गर्दै भट्टराईले सबै आयोजनाहरू निर्धारित समयमा सम्पन्न हुने गरी काम अगाडि बढाउन निर्देशन दिनुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्य भीम कार्की, बिन्दु कुमार थापा , प्रकाश बराल लगायतले बिकासमा साझेदारी र सहकार्य महत्वपूर्ण भएको भन्दै समयमा नै सबै योजना सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे।
कार्यक्रममा कास्कीका विभिन्न कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयका विकास आयोजनाहरूको प्रगति तथा कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया राख्नुहोस्