क्रिकेटखेल

अफगानिस्तानले दियो नेपाललाई दुई सय ६२ रनको लक्ष्य

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी यू–१९ एसिया कपको दोस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गरिरहेको छ । नेपाल अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ४९.३ ओभरमा अलआउट हुँदै २ सय ६१ रन बनाएको हो ।

अफगानस्तानका लागि जम्सिद जद्रानले सर्वाधिक १०६ रन जोडे । १५२ बल खेलेका उनले ८ चौकाको मद्दतमा १०६ रन जोडेपछि रिटायर्ड आउट भए । अन्तिम ओभरको पहिलो बल थाइमा लागेपछि उनले खेल्न सकेनन् ।

६.३ ओभरमा ३३ रन जोड्दा मा ३ विकेट गुमाएको अफगानस्तानका लागि जम्सिदले रहिमुल्लाह जुरमातीसँग चौथो विकेटका लागि ८१ रनको साझेदारी गरेपछि अफगानिस्तान खेलमा फर्किएको थियो ।

रहिमुल्लाह ३५ रन बनाएर आउट भएपछि जम्सिदले नुमान शाहसँग ९७ रनको साझेदारी गरेका थिए । अफगानस्तानका ओपनर वफिउल्लाह ताराखिल १५ र खलिद तनिवाल १० रनमा आउट भएका थिए ।

जम्सिद तेस्रो नम्बरमा आएका थिए । चौथो नम्बरमा आएका अक्रम मोहम्मदजाई शून्य रनमै आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामी, गुल्सन झा र स्पिनर सुवास भण्डारीले समान २/२ विकेट लिए । दिपेश कँडेल र आकाश चन्दले समान १/१ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.