जन सरोकार

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-६ घर भई ललितपुर गोदावारी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

अभिषेक श्रेष्ठ

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइ प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.