राजनीति

यी हुन नेपाली कांग्रेसका समानुपातिक ३२ सांसद

सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएको प्रतिनिधिसभा सदस्यको ३२ सिटमा २९ जना महिला पठाउनुपर्ने भएकाले विवाद उठ्यो ।

संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने बाध्यकारी प्रावधान छ। प्रत्यक्षतर्फ १ जना महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका कारण कांग्रेसले समानुपातिकतर्फ २९ जना महिलालाई पठाउनुपर्ने थियो ।

प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद हुने महिलाहरूमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण छन्।

यस्तै खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावलल चयन भएका छन् ।

यता, आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ ।

दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नाम आयोगमा पठाएको छ भने मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चयन भएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.