राजनीति

दुईसय नेपाली युवा रुसी सेनामा भएको सरकारको अनुमान

अघिल्लो साता रुसी सेनामा भर्ना भएका छजना नेपालीको मृत्यु र एकजना युक्रेनी सेनाको बन्धक बनेको सरकारले जानकारी गरायो ।

सो समाचारपछि अवैध रुपमा स्वेच्छाले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यद्यपि त्यहाँ कति नेपाली छन् भन्ने यक्किन विवरण छैन ।

यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको बताउनुभएको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले रूस–युक्रेन र इजरायल-हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति ब्यहोर्नुपरेको पनि बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कोही पढ्न गएका, कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २०० भन्दा बढी छन् भन्ने छ, त्यसको खोजी, अध्ययन भइरहेको छ ।”

‘त्यसै गरी प्रधानमन्त्री प्रचण्डले कोही रूसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् भने युक्रेनी सेनामा पनि नेपाली रहेको र त्यसको तथ्यांक सरकारले खोजिरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विगतमा यस्तो देख्न व्यहोर्न पर्दैनथ्यो, अहिले परिरहेको छ भन्दै इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन् । इजरायल हमास युद्धमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.