जन सरोकार

७४ किलो अवैध गाँजासहित पाँच जना पक्राउ

मकवानपुरबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम अवैध लागूऔषध गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गाँजा

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषन कुमार र १५ वर्षीय किशोर रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले गाँजा करिब ४७ केजीसहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चुरियामाई मन्दिर नजिकबाट पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका-२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका-१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन् ।

बा.१४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजीसहित पक्राउ गरेको हो । यसैगरी पाल्पा, रैनादेवी छहरा गाउँपालिका-७ जोगदमारबाट पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-९ बस्ने २२ वर्षीय दिपक सुनार रहेका छन् ।

उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ केजीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.