राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई जितको लागि एक सय चार रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर् स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिंग ब्याटिंङ गरेको काठमाडौँ १९ दशमलव २ ओभरमा एक सय तीन रनमा समेटियो । काठमाडौँको लागि भिम सार्कीले ४० बलमा एक चौकको मद्दतमा ३१ रन बनाए भने डेन डाउथवेटले २४ बलमा दुई छक्काको सहयोगमा २१ रन जोडे ।
त्यस्तै प्रतिक श्रेष्ठले १४ बलमा दुई छक्का प्रहार गर्दै रन जोड्दा स्टेफन इस्किनाजीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीको लागि शाद विन जफरले तीन विकेट लिए भने रामोन सिमोन्ड्स र अभिशेष गौतमले समान दुई-दुई विकेट लिँदा सुर्य तामाङ र विवेक यादवको भागमा समान एक-एक विकेट लियो ।
प्रतिक्रिया राख्नुहोस्