अर्थ

भन्सार घटे पनि सुनको मूल्यमा उतारचढाव जारी

सरकारले सुन तस्करी रोक्न भन्सार दर घटाएपछि सुनको मूल्य प्रतितोलामा १० हजारभन्दा बढी रुपैयाँ स्वतः कम भए पनि स्थानीय बजारमा सुनको मूल्यमा उतारचढाव जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ ।

हिजो मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २०० मा कारोबार भएको थियो भने बुधबारका लागि एक लाख ५४ हजार २ सय कायम भएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.