राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बुधबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएसंगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए सैब जैबले २३ रन जोडे ।
त्यस्तै इशान पाण्डेले १७,ब्रान्डन म्याकमुलेनले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका लागि किशोर महतोले चार विकेट लिए भने , शेर मल्ल र अरनिको यादवले समान दुई-दुई विकेट लिँदा तथा हर्श ठाकरको भागमा एक विकेट रह्यो ।
सुदूरपश्चिमले दिएको एक सय २४ रनको लक्ष्य लिएर मैदान उत्रेको जनकपुर १२ दशमलव १ ओभरमा ५१ रनमा अलआउट भयो । जनकपुरको लागि जोसुअ ट्रोम्पले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमको लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान दुई-दुई विकेट लिए भने सैफ जैब,नरेन साउद र स्कट कुगुलेइनेलको भागमा समान एक-एक विकेट रह्यो । खेलको म्यान अफ दि म्याच इशान पाण्डे भए ।
प्रतिक्रिया राख्नुहोस्