जापान

काभ्रेमा स्वास्थ्यचौकी निर्माणका लागि जापानी सहयोग

नेपालको आर्थिक, सामाजिक र शैक्षिक विकासमा ठूलो सहयोग गर्दैआएको जापानले काभ्रेपलाञ्चोकमा स्वास्थ्यचौकी निर्माणका लागि करिक डेढ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सो सहयोग परियोजनाको सम्झौतामा नेपालका लागि जापानी राजदूत किकुता युताका र सशक्तिकरण समाज नेपालका अध्यक्ष मनोजराज पन्तले हस्ताक्षर गर्नुभएको छ ।

जापानको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ ।

परियोजना अन्तर्गत काभ्रेको चौरीदेउराली गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण हुनेछ । जिल्लाको उत्तरी भेगमा अस्पताल भए पनि त्यहाँबाट स्वास्थ्य सुविधा लिन पैदल हिँड्दा दुई घण्टाभन्दा बढी समय हिंड्नु पर्दछ ।

सहयोग सम्झौतापछि काठमाडौंस्थित जापानी दूताबासले यो परियोजनाले ग्रामीण क्षेत्रको चिकित्सक सेवामा सुधार हुने विश्वा व्यक्त गरेको छ ।

त्यसै गरी दूताबासले यो सहयोगले नेपाल र जापानबीचको सम्बन्ध अरु विस्तार हुने र भावी पुस्ताका लागि भातृत्व विकासको थप आधार बन्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.