जापान

टोकियोमा उधौली साकेला मनाईयो (फोटो)

किरात राई यायोक्खा टोकियोको आयोजनामा यलेदोङ ५०८२ को उधौली साकेलाका साथै बिभिन्न संस्कृतिक कार्यक्रम गरेको छ । आइतबार एक समारोहका बीच टोकियो सोलमारी हलमा साकेला उधौलीको चर्चासंगै विभिन्न सास्कृतिक प्रस्तुति गरिएको थियो ।

किरात राई यायोक्खा जापानका कार्यवाहक अध्यक्ष प्रमिला राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सन्जिब राई, विषेश अतिथि एनआरएनए आईसीसी उपमहासचिव ओम गुरूङ, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल लगायतले साकेला शिल्ली नाच्दा कार्यक्रममा रौनक छाएको थियो।

सो अवसरमा नेफिन जापानले जनवारीमा गर्न लागेको नेफिन संस्कृतिक कार्यक्रमको प्रचार पोस्टर पनि उट्घाट गरिएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.