प्रबास

कुलपति राई र प्राज्ञ वस्नेत अमेरिकामा सम्मानित

अन्तर्राष्ट्रिय साहित्य समाजले प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरेको छ ।

मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले आफूलाई गरेको सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन प्रेरणा मिलेको बताउनुभयो ।

प्राज्ञ बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्ययोजना तर्जुमा भएको बताउनुभयो । मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.