आर्थिक मन्दीको असर औद्योगिक क्षेत्रमा, पर्साका एकसय ७७ उद्योग बन्द
आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १ सय ७७ उद्योग बन्द भएका छन् । आव २०७८/७९ मा पर्सामा १ सय ५२ उद्योगले लगत कट्टा गरिएका थिए ।
रेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १ सय ७७ उद्योगले लगत कट्टा गराएका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८/८९ मा एक हजार ४ सय ८० उद्योग दर्ता भएका थिए ।
आव २०७९/८० मा एक हजार २ सय ७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा रु. एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो । उक्त आवमा चार हजार ४ सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्