लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आइपुग्नुभएको छ । शुक्रबार बिहान उहाँ आफ्नी छोरीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो ।
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न नेपाल आउनुभएका लारा ३ दिन नेपालमा बस्नुहुनेछ । उहाँलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
५५ बर्षिय वेस्ट इन्डिजका लारा क्रिकेटका दिग्गज खेलाडीका रुपमा परिचित हुनुहुन्छ । उहाँ उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् । यसअघि उहाँले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताउनुभएको थियो ।
लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाउनुभएको छ भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्