राजधानीमा जारी नेपाल प्रिमियर (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई जितको लागि एक सय २९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २८ रन बनायो । कर्णालीको लागि विलियम बोसिस्टोले ३० बलमा तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४४ रन बनाए भने अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २५ रन बनाए।
त्यस्तै बाबर हायतले २० रन जोड्दा चाडविक वाल्टनले १३ रन बनाए । लुम्बिनीका लागि विकास आग्रीले तीन विकेट लिए भने तिलक भण्डारीले दुई विकेट लिँदा रोहित पौडेल, शाद विन जफर र रामोन सिमोन्ड्सको भागमा समान एक-एक विकेट रह्यो ।
जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो । कर्णाली याक्सको यो छैटौँ खेल हो । यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ ।
प्रतिक्रिया राख्नुहोस्