क्रिकेटखेल

लुम्बिनी लायन्सलाई पराजित गरेसँगै कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो

लुम्बिनी लायन्सलाई पराजित गरेसँगै कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपाल प्रिमियर (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीलाई पाँच रनले पराजित गरेसँगै कर्णालीको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको हो ।

कर्णाली याक्स

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २८ रन बनायो । कर्णालीको लागि विलियम बोसिस्टोले ३० बलमा तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४४ रन बनाए भने अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २५ रन बनाए।

त्यस्तै बाबर हायतले २० रन जोड्दा चाडविक वाल्टनले १३ रन बनाए । लुम्बिनीका लागि विकास आग्रीले तीन विकेट लिए भने तिलक भण्डारीले दुई विकेट लिँदा रोहित पौडेल, शाद विन जफर र रामोन सिमोन्ड्सको भागमा समान एक-एक विकेट रह्यो ।

कर्णालीले दिएको एक २९ रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनी निर्धारित २० ओ ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रन मात्रै बनाउन सक्यो । ]

लुम्बिनीका लागि टम मर्सले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३६ रन बनाए भने सन्दीप जोराले २१ बलमा दुई छक्का प्रहार गर्दै २६ रन जोडे । यस्तै आशुतोष घिरैया र साद बिन जफरले समान १६-१६ रन जोड्दा अर्जुन साउदले १३ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।

कर्णालीका लागि जिसन मक्सुदले दुई विकेट लिए भने कप्तान सोमपाल कामी, नन्दन यादव, विपिनप्रसाद शर्मा र विलियम बोसिस्टोको भागमा समान एक-एक विकेट रह्यो । कर्णाली ६ खेलमा चार जित र दुई हारसहित आतं अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिदै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

जारी एनपिएलमा अन्तिम खेल खेलेको लुम्बिनी दुई अंक सहित सातौं स्थानम रहेको छ । लुम्बिनी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.