क्रिकेटखेल

विराटनगर किंग्सले दियो चितवन राइनोजलाई एक सय ८२ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

एनपिएल

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८१ रन बनायो । विराटनगरको लागि अर्धशतक बनाएका बसिर अहमदले ४४ बल खेल्दै समान चार चौका र चार छक्काको मद्दतमा अविजित रहँदै ६८ रनको अर्धशतकीय पारी खेले भने राजेश पुलामी मगरले २० बलमा १ चौका र तीन छक्का प्रहर गर्दै अविजित ३३ रन बनाए ।

त्यस्तै मार्टिन गप्टिलले ३५ बलमा एक चौका र चार चौकको सहयोगमा ४५ रन बनाए । विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो बसिर र राजेशले छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकिय साझेदारी गरे ।

चितवनका रिजन ढकालले दुई विकेट लिए भने सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.