राजधानीमा जारी नेपाल प्रिमियर (एनपिएल) अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । जितसँगै ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफमा पुग्ने सम्भावना कायमै छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८१ रन बनायो । विराटनगरको लागि अर्धशतक बनाएका बसिर अहमदले ४४ बल खेल्दै समान चार चौका र चार छक्काको मद्दतमा अविजित रहँदै ६८ रनको अर्धशतकीय पारी खेले भने राजेश पुलामी मगरले २० बलमा १ चौका र तीन छक्का प्रहर गर्दै अविजित ३३ रन बनाए ।
त्यस्तै मार्टिन गप्टिलले ३५ बलमा एक चौका र चार चौकको सहयोगमा ४५ रन बनाए । विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो बसिर र राजेशले छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकिय साझेदारी गरे ।
चितवनका रिजन ढकालले दुई विकेट लिए भने सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लको भागमा समान एक-एक विकेट रह्यो । विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य लिएर मैदान उत्रेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ३० रन मात्र बनाउन सक्यो । चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बलमा तीन चौका र दुई छक्का मदतमा सर्वाधिक ४२ रन बनाए भने सन्तोष कार्कीले २५ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २८ रन जोडे ।
यस्ती कप्तान कुशल मल्लले २५ रन जोड्दा रवि बोपाराले २० रन बनाए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले खर्चेर २ विकेट लिए भने बसिर अहमद, क्रिस सोल र सुबास भण्डारीको भागमा समान एक-एक विकेट रह्यो । यता छ खेलमा तीन जित र तीन हार सहित छ जोडेको चितवन चौथो स्थानमै यथावत छ ।
प्रतिक्रिया राख्नुहोस्