जन सरोकार
पत्रकार महासङ्घ हुम्लाको अध्यक्षमा रावत
नेपाल पत्रकार महासङ्घ हुम्ला शाखामा राजन रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । रावत लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष हुनुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, उपाध्यक्ष समावेशीमा छपाल लामा, सचिवमा नन्द सिंह, सहसचिव खुल्लामा पदमराज हमाल, सहसचिव समावेशी भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह सर्वसहमतिमा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक राजबहादुर शाहीले जानकारी दिनुभयो ।
यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पारषद् प्रतिनिधिमा मोतिलाल महतारा चयन हुनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्