राजनीति

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली

बूढानीलकण्ठ नगरपालिकाको वडा नं १, २ र ७ नं वडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदानको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताउनुभएको हो ।

“केही मान्छेको स्वार्थका कारण देश बन्न सक्दैन । देश अघि बढ्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ ।

नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.