राजनीति

नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजान आवश्यक छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताउनुभएको छ । राप्रपाद्वारा बुधबार कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताउनुभयो ।

सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिए कारबाही गर्छौँ : अध्यक्ष लिङ्देन

उहाँले भन्नुभयो, “राप्रपा पछाडि फर्किने पनि होइन, पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ ।” उहाँले देशलाई कमजोर अवस्थामा पु¥याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाउनुभयो ।

राप्रपाका महामन्त्री धवलशम्शेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभयो । आमसभामा सो पार्टीका उपाध्यक्ष राजेन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.