जन सरोकार

पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दङ्गाल

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा ध्रुव दङ्गाल निर्वाचित हुनुभएको छ ।

नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कमला पाख्रिन र दीपक अर्याल, सचिवमा टिका सुवेदी, सहसचिव (खुला) देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ र कोषाध्यक्षमा दीपक खत्री निर्वाचित हुनुभएको निर्वाचन संयोजक अमित घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी सदस्यहरुमा किरण थापा, प्रितमकुमार तामाङ, विपना तामाङ, निर्मल बस्नेत, सागर खड्का, प्रमिला विक, दिपिन ढुङ्गाना, अर्जुन शर्मा र चण्डिका नेपाली निर्वाचित हुनुभएका छन् ।

महासङ्घको केन्द्रीय पार्षद् सदस्यमा ज्ञानेन्द्र तिमल्सिना, रामकृष्ण थापा र चित्रकुमार मिजार निर्वाचित हुनुभएका छन् । प्रदेश परिषद् सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल निर्विरोध भएका छन् भने अन्य समावेशी सदस्यमा एकल उम्मेदवारी परेपछि राजेन्द्र राणामगर, महिला सदस्य गोमा खत्री, जनजातितर्फबाट फूलमान तामाङ मोक्तान निर्विरोध भएका हुन् ।

त्यसैगरी प्रदेश परिषद् सदस्यमा रुपक पुरी, कला अनुरागी, रमेश पराजुली, हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक कोइराला र हरिप्रसाद दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ । एक सय तीन मतदाता रहेकामा निर्वाचनमा ९८ मत खसेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.