राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजलाई जितको लागि एक सय ३९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३८ रन बनाएको हो । पोखराका लागि रेमोन रेइफरले ३० बल खेलेका उनले १ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै सर्वाधिक ४१ रन बनाए भने ओपनर दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए ।
त्यस्तै दिलिप नाथले २४ बलमा २ छक्का प्रहार गर्दै २७ रन बनाए । काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान ३-३ विकेट लिए भने जेर्राड एरसामस र माइकल लेभिटेको भागमा समान १-१ विकेट रह्यो ।
प्रतिक्रिया राख्नुहोस्