जन सरोकार

१६ किलो अवैध गाँजासहित दुई जना पक्राउ

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ हाडे बासबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो ३ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गाँजा

पक्राउ पर्नेहरूमा रौतामाई गाउँपालिका-४ मालवासे बस्ने ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.