क्रिकेटखेल

विराटनगर किंग्सले दियो काठमाडौँ गुर्खाजलाई जितको लागि एक सय १८ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौँ गुर्खाजलाई जितको लागि एक सय १८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १७ रन बनाएको हो ।

विराटनगरको लागि राजेश पुलामी मगरले २१ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाए भने दीपक बोहराले २४ बलमा दुई चौकासहित २० रन जोडे । त्यस्तै स्कट एडवार्डले १५ रन जोड्दा बसिर अहमदले १३ र निकोलनस किर्टोनले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौँको लागि जेरार्ड इरास्मसले चार विकेट लिए भने दीपेश कँडेलले दुई विकेट लिँदा साहव आलम, करण केसी र डानियल डाउथवेटको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.