क्रिकेटखेल

सुदूरपश्चिम रोयल्सले दियो पोखरा एभञ्जर्सलाई जितको लागि एक सय ५४ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभञ्जर्सलाई जितको लागि एक सय ५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको हो । सुदूरपश्चिमको लागि आरिफ शेखले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै ४२ रनमा अविजित रहे भने ब्रान्डन म्याकमुलेनले १६ बलमा एक चौका र दुई छक्काको मद्दतमा २३ रन बनाए ।

त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरीले २० रन जोड्दा विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन बनाए । पोखराको लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रेमोन रेइफर, सगर ढकाल र माइकल लिस्कको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.