जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-४ बस्ने १९ वर्षीय चन्द्र बहादुर परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती बालिकालाई सल्यान, वनगाड कुपिण्डे नगरपालिका-१ सल्लिबजारको माथिल्लो बजारस्थित गुईयखोलाको बनमाराको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्