विश्व समाचार
ओमिक्रोन अभूतपूर्व रूपमा फैलँदै : सचेत रहन डब्लूएचओको आग्रह
दक्षिण अफ्रिकामा पहिलापटक देखापरेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन अहिले विश्वका ७७ मुलुकमा फैलिसकेको बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सतर्क रहन आव्हान गरेको छ ।
डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेससले हालसम्म ७७ देशमा संक्रमण पुष्टि भइसकेको र ओमिक्रोनलाई कम आँकिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले संक्रमणसँग जुध्न र आफ्नो देशको स्वास्थ्य प्रणाली तयारी अवस्थामा राख्न विश्वका देशहरूलाई आग्रह गर्र्नुभएको छ । बुधबार पत्रकारहरूसँग कुरा गर्दै गेहब्रेयससले ओमिक्रोनको फैलावट दर अप्रत्याशित रूपमा भइरहेको पनि जनाउनुभयो ।
उहाँले भन्नुभयो ‘ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास संख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्छन् ।’
प्रतिक्रिया राख्नुहोस्