राजनीति

प्राकृतिक सम्पदा संरक्षणमा समाजका सबै वर्गको सहभागिता चाहिन्छ : मन्त्री महतो

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले प्राकृतिक सम्पदा संरक्षण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताउनुभएकोे छ ।

भारतीय संस्था ‘सिएमएस वातावरण’ले शुक्रबार काठमाडौँमा आयोजना गरेको जैविक विविधतासम्बन्धी तीनदिने चलचित्र महोत्सवको उद्घाट्न गर्दै उहाँले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका मुद्दामा केन्द्रित प्रदर्शनी जैविध विविधता संरक्षणमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको हिमालय क्षेत्रले जलवायु परिवर्तनका कारण धेरै क्षति बेहोरिरहेकामा चिन्ता व्यक्त गर्दै मन्त्री महतोले बदलिएको मौसमी ढाँचाले हिमनदी पग्लने, ताल सुक्ने, बाढी, खडेरीलगायत चरम मौसमी प्रतिकूलता झेल्नुपरेको वास्तविकता सुनाउनुभयो । वातावरणीय शिक्षा, नागरिकमा जिम्मेवारी र चेतनाको भावना विकास गर्न, उनीहरूलाई जलवायु परिवर्तनका दुष्प्रभावबारे जानकारी दिन महोत्सवमा प्रस्तुत हुने चलचित्र प्रभावकारी हुने बताउनुभयो ।

महोत्सव अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ, वन तथा वातावरण मन्त्रालय, विश्व वन्यजन्तु कोष नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन, नेपाल वातावरण पत्रकार समूहलगायत संस्थाको सहकार्यमा महोत्सव आयोजना गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.