क्रिकेटखेल

पाटनलाई पराजित गर्दै त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको सेमिफाइनलमा

त्रिपुरा क्रिकेट क्लब बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा त्रिपुराले पाटन क्रिकेट क्लबलाई सात रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

त्रिपुरा क्रिकेट क्लब

दशरथचन्द क्रिकेट मैदानमा भएको उक्त खेलमा त्रिपुराले ३० दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै पाटनसामु जितका लागि एक सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिपुराका लागि लोकेन्द्र थापाले ५० रन बनाउनुभयो । जवाफी ब्याटिङमा उत्रेको पाटनले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाएर एक सय ८८ रन मात्र बनाउन सक्यो । पाटनका लागि मधुर विष्टले ५० रन बनाउनुभयो ।

चार विकेट लिनुभएका त्रिपुराका जयसिंह धामी म्यान अफ दी म्याच घोषित हुनुभयो । उहाँलाई सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पुरस्कार प्रदान गर्नुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १६ गतेदेखि सुरु भएको सो प्रतियोगिता आगामी पुस ४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेतालाई रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई रु ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.