प्रबास

जुमकाजी गुरुङको नेतृत्वमा तमु धीं यूकेको नयाँ कार्यसमिति

तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

तमु धिं भवन मिचेटमा शनिबार सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा १३औँ महाधिवेशनबाट अध्यक्षमा जुमकाजी र आमा समूहको अध्यक्षमा कमलादेवी निर्विरोध चयन हुनुभएको हो ।

अध्यक्षलगायतमा एकल उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनुभयो ।

जुमकाजीसहित २९ जना निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा परशु गुरुङ, कमल गुरुङ, दिलमाया गुरुङ, तथा महासचिवमा डा विशाल गुरुङ चयन हुनुभएको छ ।

त्यसै गरी कमलादेवीको नेतृत्वमा २८ सदस्यीय आमा समूह निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिले शनिबार नै पद तथा गोपनीयताको शपथ लिएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । यो समूहले यही २८ डिसेम्बरबाट औपचारिक रुपमा जिम्मेवारी लिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.