राजनीति

रविलाई तीनवटा अभियोगमा मुद्दा चलाउन प्रहरीको सिफारिस

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

सोमबार बुझाइएको प्रतिवेदनमा रविलाई सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणसंग सम्बन्धित मामिलामा कारबाही गर्न सिफारिश गरेको बताइएको छ ।

कास्की प्रहरीका प्रवक्ता वसन्त कुमार शर्माले आफूहरूले सहकारी ठगी, संगठि अपराध र सम्पत्ति शुद्धीकरण तीनवटै कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको बताउनुभयो ।

शर्माले सहकारी ठगी, संगठित अपराध, अनि सम्पत्ति शुद्धीकरणमा सजाय हुनुपर्ने मागदाबीसहित अभियोग दर्ता गरेको बताउनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख एवं न्यायाधिवक्ता कमला काफ्लेले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको पुष्टि बताउदै धेरै फाइलहरू भएकाले त्यसको अध्ययन गर्न केही समय लाग्ने बताउनुभयो ।

काफ्लेले आफूहरूलाई मङ्गलवारबाट उक्त प्रतिवेदन अध्ययन गरेर मुद्दाबारे निर्णय लिन चार दिनको समय रहेको बताउँदै प्रहरीले तीन महिना लगाएको चिज एक दिनमा पढेर रुजु गरेर पनि नभ्याउने र के कस्तो कानुनी प्रावधान हेर्न तीन चार दिन समय चाहिने बताउनुभयो ।

जारी अनुसन्धानअन्तर्गत लामिछाने र अन्य आरोपितमाथिको अनुसन्धान सम्पन्न गरेर ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानुनी प्रावधान छ।

९० दिनभन्दा बढी अवधि कसैलाई पनि थुनामा राख्न नसकिने भन्दै शुक्रवारसम्म ९० दिन पुग्ने भएकाले त्यसबेलासम्म मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । पोखराबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धानपछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो ।

सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.